दुईदिनमा सकिदै मतदाता परिचय पत्र छपाई, छाप्ने कामसुरु

काठमाडौं, २१ चैत– निर्वाचन आयोगले मतदाता परिचय पत्र छपाईको काम सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको संयोजकत्वमा बसेको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गर्दै मतदाता परिचय पत्र छपाईको काम सुरु गरेको हो ।
मनाङबाट छाप्न सुरु गरिएको मतदाता परिचय पत्र छपाईको उद्घाटन हिजो राति निर्वाचन आयोगका प्रमुख आयुक्त यादवले गर्नु भएको थियो। मतदाता नामावलीमा सबै भन्दा बढी काठमाडौँमा ५ लाख ५९ हजार ४ सय रहेको छ भने सबैभन्दा कम मतदाता मनाङमा रहेको छ ।
मनाङमा ५ हजार ९५ मतदाता रहेको आयोगले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगले परिचयपत्र छाप्ने काम दुई दिनभित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको समेत जनाएको छ ।
यसअघि हिजो बसेको आयोगको बैठकले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता नामावली स्वीकृत गरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here