दिनहुँ बढ्दै बलात्कारका घटनामाः समाजमा देखिएको एक त्रसा

काठमाडौं,११ भदौंः केहि साता अघि प्रदेश नम्बर ७ को कञ्चनपुरमा एक १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या  भयो । घटनामा संलग्नको खोजी कार्य जारी रहेको भन्दै कञ्चनपुर प्रहरीले परिवार र आफन्तीमा विश्वास दिलायो घटनामा हंलग्न अभियुक्तलाई पक्राउ गछौं भन्दै ।
अभियुक्त पक्राउ हुने र आफ्नी कलिलो मुनामाथि भएको बलात्कार र बर्बर हत्यामा न्याय पाउने आशामा प्रतिक्षारत परिवार अन्त्यमा निराश भए । न्याय दिने बाचा गरेको प्रहरी प्रशासनले घटनामा संलग्न भएको भन्दै एक मानसिक रोगीलाई उभ्याइदियो तर त्यो निर्णय परिवार मान्न तयार थिएनन् अन्ततःकञ्चनपुरका नागरिक सडकमा आउन बाध्यभए । कञ्चनपुरमा मात्रै होइन पछिल्लो समय देशका विभिन्न स्थान तथा शहरहरुमा महिला तथा बालिकामाथि यौन जन्य हिंसा बढ्दो छ ।
स्कुल गएकी छोरी, विद्यालय बढाउन गएकी शिक्षीका या हस्पिटलमा सेवागर्न गएकी एक नर्स ससमान्नका साथ फर्किन्छ कि फर्किदैन भन्ने परिवारमा ठलो चिन्ताको विषय बन्न थालेको छ ।  यस अघि कञ्चनपुरकी निर्मला पन्तमात्रै होइन थुप्पै चेलीले आफ्नो ज्यान गुमाएका छन् भने कति यौन जन्य हिंसाका कारण समाजमा शिर न्युराएर बाच्न विवश छन् ।

अहिले हाम्रो समाजमा ७ बर्षीया बालिका देखि ६० बर्षीया आमा हजुर आमा सम्म असुरक्षीत छ्रन् आखिर किन ?
कञ्चनपुरको घटनापछि पछिल्लो समय सामाजीक सञ्चालहरुमा महिलामाथि हुने हिंसाको अन्त्यका लागि चर्का नारा उठेका छन् आवाजले शडक गुन्जीएको छ , अहिले सडक देखि संसद सम्म यस्ता आवाज उठेको छ समाजमा नारीको अस्तित्व खै ?
हाम्रो कानुनमा कुनै पछि घटनामा संलग्न व्यक्तीलाई फासीको सजाय दिने प्रचलन छैन । तर अहिले बलात्कारमा संलग्न व्यक्तीलाई फासीको सजाय दिनुपर्छ भन्दै सडकमा अर्धनग्न अबस्थामा युवति आउन थालेका छन् । हामी २१ औं सताव्दीमा छौं तर पनि हाम्रो समाज कता जादै छ, त्यो सोच्नुपर्ने अबस्था आएको छ । कञ्चनपुरको आन्दोलनमा प्रहरीको गोली लागि एक जनाको मृत्यु र अन्य थुपै आम सर्वसाधारण घाइते भएपछि प्रश्न उठेको छ । गोली बलात्कारी लाई कि आन्दोलनकारीलाई ?
यसले के देखाउँछ भने हाम्रो समाजमा कहि कतै हिंसा छ, त्यो कति बाहिर आउँछ कति आउँदैन । हत्यामा संलग्नलाई कारबाही गर भन्दा नेपाली जनताले छातिमा गोली थाप्नुपर्छ…तस्करी, घुसिया, गुण्डालाई सजाय देऊ भन्दा हामीले अश्रुग्यास खानुपर्छ । आखिर किन ?
समाजमा अहिले जताकतै एउटै कुरा उठ्ने गरेको छ । आखिर किन बलात्कार दिनप्रतिदिन बढ्दै ? के साचिकै बलात्कार हुन्छ ? अनेकौं सवाल राजधानीका चिया पसलदेखि गाउँका गल्ली चौताराहरुमा आज यहि प्रश्न छरपस्ट भएको छ ।
बहुबिबाह गर्नेलाई ५ बर्ष जेल, पत्रकारलाई अनुमतिबिना फोटो खिच्न नपाइने, सार्वजनिक स्थलमा अनुमति विना कसैको फोटो वा त्यस्ता दृष्य लिन नपाइने भन्दै सरकारले कानुन बनायो फेरी आज बलात्कारीलाई फासी दिने कानुन किन नबनाएको ? प्रश्न बलात्कारीलाई होइन हाम्रो समाजले भोट हालेर जिताएर पठाएका सांसद तथा जनप्रतिनिधीलाई प्रश्न गर्दै छन् ।
हाम्रो समाजमा छोरी जन्मदा खुलेर उत्सव नमाउने, छोरो जन्मदा उत्सव मनाउने चलन अहिले पनि जारी छ के हाम्रा बा आमाले यहि कारण हामीलाई बहिनी नदिएका हुन वा नजन्माएका हुन् ? अहिले अघिकाँस युवकका मनमा यी प्रश्न आउन सक्छ । समाजमा दिनप्रतिदिन बलात्कारका घटना घट्नुमा बढ्दो सामाजीक सञ्जालहरुको प्रयोग भन्ने आइरहेको छ ।

सामाजीक सञ्चालका कारण विकृति बढेको आम मानिसको बुझाई छ । यस्ता घटनाहरु प्रति राज्यको ध्यान जान आवश्यक छ । समाजमा घट्ने यस्ता आपराधीक गतिविधीहरुलाई न्यूनिकरण गर्न राज्यले छुट्टै संयन्त्र स्थापना   गर्नुपर्छ ।

 articles by Reason

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here