काठमाडौं,१६ चैत । काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा आज दिनभर मौसम बदली भइ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई पानी परेको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।
रिमालका अनुसार तल्लो तहको वायुमण्डलमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त बादल रहेकाले पानी पर्ने सम्भावना रहेको हो ।
पश्चिमी क्षेत्रको तराईमा मौसम सफा रहे पनि पहाडी क्षेत्रमा भने आंशिक बदली हुनेछ । मध्य तथा पूर्वी क्षेत्रमा अपराहन्नपछि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रि–मनसुनको समय भएकाले पानीसँगै हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

