दिउँसो ३ बजे बस्ने बैठकको कार्यसुची

काठमाडौं, ३ असोज– व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको छ ।
आजको बैठकमा विकास समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय शासन विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४ पेश गर्ने कार्यसुची रहेको छ ।
बैठकमा सुशासन समितिका सभापति मोहनसिंह राठौरले राष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४ पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विद्येयक २०७४,सभामुख ओनसरी घर्तीले सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहित थारु आयोग विद्येयक २०७३ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अन्य समसामयिक विद्येयकमा पनि छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here