दिउँसै डकैती

धनुषा, १६ चैत । जनकपुरको व्यस्त शिव चोकस्थित एक पसलमा दिउँसै डकैती भएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं २ स्थित जनकपुर उद्योग वाणिज्य सङ्घको अगाडिपट्टि रहेको बिएन इम्पोरियममा दिउँसो १ बजे डकैती भएको हो । दुई जनाको समूहमा आएको युवाले बिएन इम्पोरियमका सञ्चालक विनोदप्रसाद गुप्तालाई कुटपिट गर्दै रु एक लाख ४९ हजार लुटेर लगेको दाबी गरेका छन् । कुटपिटबाट सञ्चालक गुप्तालाई गाला तथा हातमा चोट लागेको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सोही घटनाको आरोपमा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको तर चोरीको घटना नभई दुई पक्षबीचको विवादमा कुटपिट भएको दाबी गर्नुभयो ।

घटनास्थलबाट सीमावर्ती क्षेत्र जयनगरका अशोक गुप्ता र सत्यनारायण गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here