काठमाडौं,२९ चैत । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । आज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् ।
सार्वजनिक ट्रेलरले पछिल्लो समय जसरी हुन्छ अमेरिका जाने आम प्रवृत्तिप्रति लक्षित गरेर चलचित्र निर्माण भएको संकेत गरेको छ । महसञ्चारको ब्यानरमा बनेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् ।
हरिवंश आचार्यले कथा लेखेका हुन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । ब्यानर एउटै भए पनि ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए ।
चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ । चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदैछ ।

