दार्चुलामा वाम गठबन्धन विजयी

दार्चुला, २३ मंसिर-प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको दार्चुलामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कँुवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ बदर मत भएका छन् ।

त्यसैगरी प्रदेशसभाको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बुसिंह बोहरा र (ख) क्षेत्रमा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का मानबहादुर धामीले अग्रता लिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here