दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउनुपर्ने

लहान, १९ साउन:तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा सहभागीले परम्परागत सोच र देखासिकीका कारण बढ्दो दाइजो प्रथाले गर्दा कतिपय महिलाले ज्यान गुमाउनु परेकाले यसलाई अन्त्य गर्न सरकारले विशेष अभियान नै चलाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्णले अशिक्षित र गरीबभन्दा पनि पढेलेखेका र धनी परिवारमा दाइजो प्रथा व्याप्त रहेको उल्लेख गर्नुहुँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले विशेष अभियान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पितृसतात्मक सोचका कारण अझै महिला दाइजोको निहुँमा हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशसभाले महिलाको पक्षमा कानून निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here