दश महिनामा एकानब्बे करोड आम्दानी

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।

यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि रु ४१ करोड खर्च गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here