दशै सकिएसंगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा मुख्यदल !

web

काठमाडौं, १६ असोज– नेपालहरुको महानचार्ड बडा दशैको मुख्य टीका सकिएसंगै राजनीतिक दलहरु मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई जुटेका छन् ।
निर्वाचन आयोगले असोज अन्तिम साता उम्मेद्वारको नामावली बुझाउन भनेपछि, दलहरुले चुनावी तयारीलाई तीव्र बनाएका हुन् ।  असोज मसान्तभित्र दलहरुले निर्वाचन आयोगलाई उम्मेद्वारको सुची बुझाईसक्नुपर्ने भएकाले दलहरुलाई अहिले उम्मेद्वार छान्ने चटारो छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आगामी निर्वाचनको लागि उम्मेद्वार छनौट गर्ने प्रक्रिया चलिरहेको जानकारी दिनुभयो । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि उम्मेद्वार बन्न आवश्यक मापदण्ड बनाएर स्थानीय मातहतका कमिटीलाई सर्कुलर जारी गरिसकेको छ ।
आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने गरी निर्वाचनको तयारी सुरु गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो । यस्तै राप्रपालगायत अन्य मधेशवादी दलहरुले पनि आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको कामलाई तिव्रता दिईरहेका छन् ।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ । आयोगले कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here