दशैमा घर देखि टाढा जाँदा प्रहरीलाई जानकारी दिन DIG:शाहको अनुरोध

सागर थापा दाङ
चार्डपर्वको समयमा लामो समय घर छाडेर टाढा जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्ण जिल्ला बासीलाई अनुरोध गरेको छ।

५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ।

५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित गरि सुरक्षा योजना अनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

‘हामीले चार्डपर्व लक्षित सुरक्षा अन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं।’ सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै ५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले भन्नुभयो।

विशेष गरी जिल्लाबाट बाहिर जाने भित्रिने नाकामा बाक्लो प्रहरी चेकजाँच गर्ने व्यवस्था मिलाएको छ। ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले विशेष गरी

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने

विशेष सुरक्षा सतर्कता अपनाउने, चोरी डकैतीलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने, मापसे चेकिङलाई कडाइ गर्ने लगायतका सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

जस अनुसार सबै जिल्लाहरुमा पैदल गस्ती अस्थायी पिकेटिङ साइकल र मोटरसाइकल सीआरभी र मोबाइल गस्ती तोकिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here