दशै,तिहार तथा छठ विषय सुरक्षा, खबर गरेको पाँच मिनेटमा प्रहरी

web

काठमाडौं, ५ असोज– बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षीत गरि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दसैं, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो ।
प्रहरीले जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जानाएको छ ।
रानीपोखरी प्रहरी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना घटेको पाँच मिनेटमा घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ ।
यस्तै, घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्र्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएम रेडियोबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सादा पोशाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष र उपत्यकाका ३२ स्थानमा जाँच गर्ने प्रवन्ध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here