दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन के हुदै ?

काठमाडौं, १५ फागुन–  दक्षिण एसियाका दलित समुदायका सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजपनि काठमाडौमा जारी छ ।

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा जारी सम्मेलनमा दलित समुदायका समस्याको समाधानका लागि साझा रणनीति बनाउने बारेमा निर्णय हुने छ । आज विभिन्न देशमा रहेका छुवाछुत तथा जातिय विभेदका घटना तथा अबस्थाका बारेमा सांसदहरुले छलफल गर्नेछन ।
दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशमा अहिले पनि जातीय विभेद विद्यमान रहेकाले सम्मेलनले आगामी दिनमा अपनाइने समाधानका उपाएहरुका बारेमा छलफल गर्ने छ ।
सम्मेलन दलित समुदायको पेसा र जातीय आधारमा गरिने विभेदमा केन्द्रित हुने साँसद मीन विश्वकर्माले जानकारी दिनुभयो । सम्मेलन आजै सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here