काठमाडौं,२३ कार्तिक– जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन काठमाण्डौमा जारी छ ।
आज सकिने सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’,‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिनेछ ।
दलित युवा एलायन्सद्वारा आयोजित सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागीता रहेको आयोजकले जनाएको छ । सम्मेलनमा काठमाडौं घोषणापत्र जारी गरि समापन हुने छ ।

