काठमाडौं,२७ फागुन । पछिल्लो समय देशमा बढ्दै गएको महिला हिंसाका घटनामा दलित समुदायका महिला तथा बालिकामाथि हिंसा बढ्दो रहेको पाइएको छ । दलित महिला संघ(फेडो)ले १०९ औं अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा दलित महिला तथा बालिकाहरुमाथि बढ्दो हिंसा र न्यायमा पहँचको अवश्या विषयक कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले दलित महिलाको सवालमा राज्य नै गम्भीर नभएको आरोप लगाए । बढ्दो बलात्कार, बोक्सी आरोप तथा अन्तरजातिय बिवाहका कारण दलित महिलाहरु दिनानुदिन हिंसामा परेका छन् ।
प्रतिनिधीसभा समानुपातिक सांसद अन्जना विसुङखे पछिल्लो समय बढ्दो महिला हिंसाका घटनाको प्रमुख कारण भनेको पृतसत्तात्मक सोच रहेको बताउनुभयो । उहाँले महिले पनि महिलामाथि धर्म र संस्कारका नाममा हिंसा गर्ने जमातको कमि नभएको भन्दै जब सम्म यस्ता प्रवृतिको अन्त्य हुदैन सिंगो महिलामाथि हुने हिंसा अन्त्य नहुने दावी गर्नुभयो ।
दलित महिला संघकी पुर्व अध्यक्ष तथा नयाँ शक्ती पार्टी नेता दुर्गा सोपले नेपालमा बढ्दो महिला हिंसा र दलित महिलाप्रति भएको अन्यायमा राज्य गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले समाजमा दलित महिलाहरु हरेक क्षेत्रबाट कमजोर भएकाले पनि उनिहरुमाथि दिन प्रतिदिन हिंसाहुने गरेको भन्दै नेपालको न्याय प्रणाली पहुँचको भरमा चलेको आरोप लगाउनुभयो ।
अधिवक्ता मिरा ढुङगानाले संविधानमा उल्लेख भएको ऐनपनि पुर्णरुपमा कार्यान्यवन नहुदा महिला हिंसा र जातिय विभेदका मुद्दा बढ्दो मात्रमा रहेको बताउनुभयो । उहाँले कतिपय साना समाजिक विभेदहरु ऐेनमा समावेश नगरिदा दैनिक जसो घट्ने घटनामा काम गर्न गाह्रो भएको उल्लेख गर्नुभयो ।
दलित महिना संघकी अध्यक्ष कला स्वर्णकारले आज पनि कयौं महिला दलित भएकै कारण हिंसामा बाच्नु पर्ने अबस्था भएकाले बढ्दो हिंसा न्युनिकरणको क्षेत्रमा काम गर्ने संघंस्थाहरुले ध्यानदिनु पर्ने बताउनुभयो । उहाँले बढ्दो हिंसा रोक्न नेपाल प्रहरीको मुख्य भुमिका रहेको भन्दै यसमा नेपाल प्रहरी जिम्मेवार भएर लाग्नुपर्ने माग गर्नुभयो ।
काठमाडौं प्रहरीका डिआइजी हरिभक्त प्रजापतिले महिला तथा बालबालीको सवालमा आफु गम्भीर रहेको भन्दै नेपाल प्रहरीले पछिल्लो समय महिलाका मुद्दामा गम्भीरताका साथ काम गरेको बताउनुभयो । उहाँले ७७ जिल्ला मध्य ३८ जिल्लामा महिलासंग गोप्पे कुराकानी गर्ने भवन निर्माण गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार अशोक दर्नालले एक वर्षमा दलित महिला तथा बालिकामाथि भएका यौंन जन्य हिंसा लगायतका दुव्र्यवहारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

