दमननाथलाई पन्छाउँदै भक्तपु-२ बाट महेश बस्नेत विजयी

काठमाडौं, २४ म‌‌सिर – नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित हुनुभएको हो ।
कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी हुनुभयो । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराउनुभएको हो । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here