दक्षिण कोरियामा राष्ट्रपति चुनाव

एजेन्सी– कार्यकाल पूरा गनुअघि नै राष्ट्रपतिलाई महाअभियोग लगाईएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ ।
कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि आज नयाँ राष्ट्रपति चयन गर्न मतदान भइरहेको हो ।
निर्वाचनमा वामपन्थी झुकाव राख्ने मून जे–इन र मध्यमार्गी विचारधाराका आन चल सू बीच प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर मत सर्वेक्षणमा भने मू जे–इनको जित सुनिश्चित रहेको देखाइएको छ ।
सन् २०१२ मा कोरियामा भएको राष्ट्रपतिको निर्वाचनमा मू जे–इन सामान्य मतअन्तरले मात्र पार्क गुन हेसँग पराजित भएका थिए । पछिल्ला दिनमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको दुरी बढ्दो क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here