दक्षिण कोरियाको राष्ट्रपतिमा मून जाए इन विजयी

एजेन्सी, दक्षिण कोरियाको राष्ट्रपतिमा मून जाए इनले विजयी भएका छन् । मानव अधिकारवादी वकिल रहेका उहाँ निकै फराकिलो मतअन्तरले आफ्ना प्रतिस्पर्धीलाई पछि पारेर विजयी हुनु भएको हो ।
मूनले ४१ दशमलव ४ प्रतिशत र उहाँका नजिकका प्रतिन्द्वन्द्वी होङ जून प्योले २३ दशमलव ३ प्रतिशत मत पाएको बताइएको छ । राजधानी सोलमा आफ्ना समर्थकमाझ बोल्दै उनले देशमा न्याय र सुशासन कायम गर्ने वाचा गर्नु भएको छ ।
यसअघि मतदाताले राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मून जाए इनलाई छानेको चुनावपछिको मत सर्वेक्षणले देखाएका थिए । उहाँले आज शपथग्रहण गर्ने सम्भावना रहेको वीवीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here