फागुन ११ – दक्षिण कोरियामा महिलाको सरदर आयु ९० वर्ष भन्दा माथि पुग्ने एक अध्ययनले देखाएको छ । इम्पेरियल कलेज लण्डन र विश्व स्वास्थ्य संगठनले ३५ वटा औद्योगिक देशमा गरेको अध्ययनले दक्षिण कोरियाका महिलाको सरदर आयु सन् २०३० सम्म अरु देशका महिलाको भन्दा धेरै हुने देखिएको हो ।
दक्षिण कोरियाली नागरिकको सरदर आयु वृद्धि हुनुको कारण उचित शिक्षा, पोषण, तनावसंग जुध्न सक्ने उनीहरुको क्षमता लगायत रहेको अध्ययनले देखाएको छ । जापानका नागरिकको भने सरदर आयु पहिलेको भन्दा घट्नेछ ।
त्यस्तै अध्ययन अनुसार अमेरिकी नागरिकको सरदर आयु पनि सन् २०३० सम्ममा घट्ने देखिएको छ । अध्ययनले महिलाको आयु पुरुषको भन्दा धेरै हुने पनि देखाएको छ ।

