काठमाडौं-दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । काठमाडौंमा सम्पन्न प्रतियोगितामा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य पदक जितेको नेपाल च्याम्पियन बनेको हो ।नेपालले एकै साथ तीन ठूला उपाधि जितेको छ ।
काठमाडौंमा सम्पन्न प्रतियोगितामा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य पदक जितेको नेपाल च्याम्पियन बनेको हो । ४३ स्वर्ण, ४० रजत र ३९ कास्यका साथ भारत दोस्रो हुँदा तेस्रो भएको तुर्किमिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य हात पार्यो ।
नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्या प्राप्त गर्दा दोश्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्या ल्याउँदै ठूलो चुनौती पेश गरेको थियो । सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो ।
नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्य जित्दा दोश्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण, १७ रजत र २७ कास्यामा चित्त बुझायो । प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् ।
उनले १८ देखि ३९ सम्मको ब्ल्याक बेल्टको स्पाईरिङमा स्वर्ण जित्दा, टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउँदा महत्वपूर्ण सदस्य थिईन् । सिनियर पुरुषतर्फ तुर्किमिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।

