इटहरी, ६ माघ-इटहरी रङ्गशालामा भएको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत आज भएको खेलमा रुस्लान थ्री स्टार क्लब काठमाडौँ विजयी भएको छ ।
थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
थ्री स्टारका लागि दुवै गोल अजयी मार्टिनले गरेका थिए । थ्री स्टारकै पिटर सेमनले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल गरेपछि एपिएफ गोलरहित हुनबाट जोगिएको थियो ।
आइतबार मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ र रमपम झापा–११ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु १२ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालको छ वटा, भारतको कोलकाता तथा भुटानको सहभागिता रहेको छ ।

