थुकपनि निल्न नमिल्ने कठोर ब्रतमा थारु महिला, आज जितिया पर्व

काठमाडौं, २८ भदौं– थारू समुदायका महिलाहरुको महान् पर्व जितिया आज विविध कार्यक्रम गरी मनाइदै छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरुले निराहार ब्रत बसी मनाउने गर्दछन् ।
यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।
जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ ।

यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । आजको दिन थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्दछन भने माइती जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट भएर शुभकामना आदानप्रदान गरी जितिया मनाउने गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here