मुस्ताङ,१६ मंसिर– मुस्ताङको टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यसले उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३ दशमलव ६ मेगावाट थप भएको छ ।
माउण्ट कैलाश हाइड्रोपावर निर्माण गरेको यो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।
यसले आफ्नो व्यवसायिक उत्पादन भने मंसिर २१ गते देखि थाल्नेछ । बिद्युत प्राधिकरणका अनुसार यसले १५ दिन परीक्षणका रुपमा विद्युत उत्पादन गर्दैछ । १५ दिनको परीक्षण उत्पादन पछि यसले आफ्नो कमर्सियल उत्पादन थाल्नेछ ।

