थलीका बासिन्दा आन्दोलन

काठमाडौं,८ असार ।  थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीय बासीले सडक अवरुद्ध पारेका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले आजपनि सडक अवरुद्ध पारेका हुन् ।

यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो ।

तीन बुँदे सहमतिपछि स्थानीयले विगतदेखि नै गर्दै आएको आन्दोलन फिर्ता लिएका थिए । सहमतिअनुसार काम नभएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका बासिन्दा आक्रोशित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here