त्रिशुलीमा ट्रक खस्यो दुई जनाको मृत्यु

काठमाडौं,२० असार ।  त्रिशुुली नदिमा विहानै ट्रक खस्दा दुई जनाको मृत्युभएको छ । एक जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेरको थियो । दुर्घटनामा बालकृष्ण यादव र रविकान्त यादव रहेको प्रहरीले जनाएको छ ।

रविकान्त सोही ट्रकका धनी र बालकृष्ण चालक भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका एक जनाको अहिले भरतपुर अस्पताल उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here