त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं,२५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने कसैलाई माफी नदिने बताउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि गल्ती गरे कडा कार्वाही गर्ने चेतावनी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कार्वाही हुने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित आज काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने  बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here