त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं,१३ चैत ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चैत १८ गतेदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने  भएको छ । अहिले दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थलको धावनमार्ग पिच मर्मत गर्नका लागि दैनिक १० घण्टा सञ्चालन हुने भएको हो ।  धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताउनुभयो । विमानस्थल मर्मत अवधिभर बिहान ८ बजेदेखि राति १० बजेसम्ममात्र खुला गर्ने तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here