तेस्रो चरणको निर्वाचनका लागि आज मतदानस्थल टुंगो लाग्ने

काठमाडौं, १४ भदौं– तेस्रो चरणको चुनावका लागि मतदान केन्द्र र मतदानस्थलको आज टुंगो लाग्ने  आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थलको आज टुंगो लाग्ने भएको छ ।

सरकारले २ नम्बर प्रदेशका ८ जिल्लामा १० वटा स्थानीय तह थप गरेपछि ती स्थानीय तहमा समेत आयोगले मतदान केन्द्र र मतदान स्थलको व्यवस्था गरेको
हो ।

मतदातालाई पायक पर्ने गरी मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले बताउनुभयो ।आयोगले स्थानीय राजनीतिक दल तथा सरोकारवालासंग छलफल गरी मतदान केन्द्रको टुंगो लगाएको हो ।

दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here