तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव काठमाडौंमा, १३ मुलुकका प्रतिनिधि सहभागिता

काठमाडौं,२३ चैत–  ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौँमा आजदेखि २५ गतेसम्म गर्ने महोत्सनका एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् ।
राष्ट्रिय चिया तथा कफी विकासबोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राट्रिय बजारमा थप विस्तार गर्न सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले विश्व बजारमा राम्रो माग भए पनि त्यसको आपूर्ति हुन नसकेको अवस्थामा महोत्सवले स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित देशको विशेषता तथा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे अन्तक्र्रिया र त्यहाँ उत्पादन हुने चिया प्रदर्शन गरिने कार्यक्रम छ । महोत्सवका बेला विदेशी पाहुनालाई सगरमाथाको आधारशीला स्याङबोचेमा लगेर नेपाली चिया खुवाउने कार्यक्रम रहेको छ ।
मुलुकबाट करिब तीन अर्ब रुपियाँ बराबरको चिया विभिन्न मुलुकमा निर्यात हुने गरेको बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here