साउन,५ काठमाडौं– तेश्रो चरणको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनको कार्यतालिका अनुसार भदौ २१ गते बिहान १० बजे उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २१ गते नैउम्मेदवारको सूचि प्रकाशन गर्ने कार्यक्रम छ । भदौ २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, भदौ २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र त्यसैदिन दिउँसो १ बजे उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको निर्वाचन आयोगले आज प्रेस विज्ञप्ती मार्फत जनाएको छ । भदौ २४ गते विहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ११ बजे उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र असोज २ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

