काठमाडौं,५ असार । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् ।
लकिङ प्रणालीको विरोधमा उनीहरुले सोमबार इन्धन लोडसमेत गरेनन् ।
ढुवानी व्यवसायी महासंघका अनुसार आइतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरार भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् ।
पोखरामा करिब १५ दिनअघि औपचारिक रुपमा लकिङ शुरु भएको थियो । त्यसपश्चात चालकहरुले सांकेतिक विरोध गर्दै आएका थिए । तर अहिले ढुवानी नै ठप्प पारेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

