तेल चोर्ने चालक कारवाहीमा ,प्रहरीमाथि अभद्र व्यवहार

विराटनगर, १२ मङ्सिर । भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो ।

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

प्रहरीमाथि अभद्र व्यवहार 
मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई हिजो प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । नदीमा अवैध तरिकाले उत्खनन गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here