तेल चोरी प्रकरणः टयाङ्करमाथि गरेको कारबाही फुकुवा

काठमाडौँ,२४पुस । नेपाल आयल निगमले तेल चोरी प्रकरणको छानबिनमा दोषी देखिएका टयाङ्करमाथि गरेको कारबाही फुकुवा गरेको छ । पेट्रोलीयम ढुवानी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएपछि निगमले तेल चोर्ने ट्याङकरलाई गरेको कारवाही नै फुकुवा गरेको हो ।

गत मंसिर पहिलो साता भारतीय आयल कर्पाेरेसनको बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्याङ्कर नापचाज गर्दा ८३ सेन्टिमिटर (२४८४ लि.) डिजेल चोरी भएको थियो । चोरी प्रकरणको छानबिनका लागि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनका आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक धर्मेन्द्र स्वर्णकार र चोरीमा संलग्न ट्याङ्करलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध लगाइएको थियो । ढुवानीकर्ता सुकदेव सिंहका १३ वटा ट्याङ्करको आयल निगमले तीन महिना ढुवानी इजाजत खारेज गरेको थियो । तर

व्यवसायीले आन्दोलनको चेतावनी दिएपछि आयल निगम कारवाही गर्न पछि हटेको हो । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले १३ वटा ट्याङ्करलाई लगाएको तीन महिने प्रतिबन्ध फकुवा गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here