तुलसीपुर उपमहानगरपालिका प्रमुखमा एमालेका घनश्याम पाण्डे, उपप्रमुखमा माया आचार्य विजयी

दाङ, २२ असार–दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत ल्याएर ३ हजार ९ सय ५४ मत अन्तरले विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार शेशुराम भण्डारीले  ८ हजार ६ सय ९३ मतप्राप्त गर्नुभयो ।

उपप्रमुखमा माया आचार्य २१ हजार ३७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी देविका नेपालीले २० हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

भने माओवादी केन्द्रकी सिता ओलीले ९ हजार ५१ मत प्राप्त गर्नुभयो । तुलसीपुरमा ७६ हजार ८ सय ९३ मतदातामध्ये ५७ हजार ३ सय ६७ मत खसेको थियो ।

तुलसीपुरसहित दाङमा एमाले दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा विजयी भएको छ । काँग्रेस तीन र माओवादी केन्द्र एक गाउँपालिकामा विजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here