तीन संसदको सुरक्षा तीन सुरक्षा निकायको हातमा

web

काठमाडौं,१५ फागुन– सरकारले तीन संसद्को सुरक्षामा तीनवटै सुरक्षा निकाय खटाउने तयारी अघि बढाएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको घेरामा हुनेगरि तयारी अघि बढाएको हो ।

अब तीनै संसदको सुरक्षामा झन्डै पाँच सय प्रहरी खटिने गृहमन्त्रालयले जनाएको छ ।  सशस्त्रले प्रत्येक सभामा एक–एक प्लाटुन खटाउनेछ ।

अनुसन्धान विभागबाट आवश्यकता अनुसार गुप्तचर परिचालित हुने छन् । प्रहरीका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको सुरक्षाको ‘चेन अफ कमान्ड’ एकै ठाउँबाट हुनेछ ।
दुवै सभाको सुरक्षा कमान्ड एकै व्यक्तिबाट गर्ने तयारी भएको छ । प्रहरीका एसपी त्यसको कमान्डर हुनेछन । दुवै सभाको सुरक्षाका लागि १५० सुरक्षाकर्मी खटिइने तयारी भएको प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयका अनुसार सातवटै प्रदेश सभा सुरक्षाका लागि २४८ सुरक्षाकर्मी परिचालन भइसकेका छन् । बाँकी एक सय आज वा भोलीमा खटाउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here