तीन महिना भित्र श्रीपेच सार्वजनिक गर्ने सरकारको घोषणा

काठमाडौं, १६ जेठ ।  सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट  श्रीपेच सार्वजनिक गर्ने घोषणा गरेको छ । दुई दिनभित्र समिति गठन गरी तीन महिनाभित्र श्रीपेच सार्वजनिक गर्ने गरी काम अगाडि बढाउँने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारीले बताउनुभयो ।
मन्त्री अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजनाअघि सार्नु भएको हो ।
बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुग्नु भएका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here