तीन महिनादेखि १५ एसएसपीको दरबन्दी खाली

काठमाडाैं,५ पुस । नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्नै सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ ।

अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ ।

अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर राखेर नियमावली संसोधन गर्न लागिएको हो । नियमावली संशोधनको लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको   छ ।  अाजकाे नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here