तीन नगरकार्यपालिकामा कार्यपालिका गठित

भक्तपुर, २३ जेठ । स्थानीय तहअन्तर्गत भक्तपुरका तीन नगरपालिकाको कार्यपालिका गठन भएको छ ।  सोअनुसार मध्यपुरथिमिको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारर विजयी हुनुभएको छ ।

महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा (सांय) श्रेष्ठ, र सुजाता वादे तथ दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकामा भने महिला सदस्यका लागि नेमकिपाको मात्र उम्मेदवारी परेको थियो । भक्तपुर नगरमा गठन भएको १७ सदस्यीय नगर कार्यपालिकामा नेमकिपाका तर्फबाट सुनिता प्रजापति, कृष्णलक्ष्मी दुवाल, सरिना द्यौला, रोशनमैयाँ सुवाल र छोरीमैयाँ सुजखू प्रजापति निर्विरोध निर्वाचित हुनुभएको छ ।

नगरपालिकामा दलित वा अल्पसङ्ख्यक सदस्यका लागि उम्मेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरकार्यपालिकामा गठन भएको २० सदस्यीय कार्यपालिकामा एमालेका तर्फबाट दलित वा अल्पसङ्ख्यक सदस्यमा हिरामाया शेर्पिनी, राजेन्द्र भुजेल र दीपक विशुङ्खे तथा महिला सदस्यमा सुुभद्रा खत्री, तारा खतिवडा (सापकोटा), अम्बिका न्यौपाने, जुनुमाया तामाङ, तारा बस्नेत (खड्का) निर्वाचित हुनुभएको छ ।

निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई शपथसँगै प्रमाणपत्र वितरण गरिएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकामा भने यही जेठ ३१ गते कार्यपालिकाको चुनाव हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here