तीन दिन चल्ने राजपा पदाधिकारीको बैठकमा के विषयमा छलफल हुदै छ ?

काठमाडौं,८ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारीको बैठक बस्दैछ । पार्टी कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको महाधिवेशनका बारेमा छलफल केन्द्रीत हुने नेता मनिस सुमनले बताउनुभयो । बैठक तीन दिन लगातार चल्ने छ ।
राजपाले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । ६ मधेसवादी दल मिलेर राजपा बनेको दुई वर्ष पूरा भइसकेको छ तर अहिलेसम्म एकता अधिवेशन गर्न सकेको छैन । यसअघि वैशाख ७ अर्थात् महाधिवेश गर्ने घोषणा गरिएको थियो । तर बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ ।
अध्यक्ष मण्डलका सदस्य यादवका अनुसार पदाधिकारी बैठकमा सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकिकरणका विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमको समिक्षा गरी पार्टीको भूमिका तय गर्नेछ । बैठकमा दुई नम्बर प्रदेश सरकारको गतिविधि, कार्यशैलीको पनि समीक्षा गर्ने राजपाका नेताहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here