तीन जना बिचौलिया पक्राउ

काठमाडाैँ,७माघ। सेवाग्राहीलाई दुःख दिने बिचौलिया काम गरेको आरोपमा प्रहरीले काठमाडौंको टेकुबाट तीन जनालाई पक्राउ गरेको छ । नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने ५५ वर्षीय माधव थापा समेत तीन जनालाई पक्राउ गरिएको हो ।

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित यातायात व्यवस्था विभागअन्तर्गत भेहिकल फिटनेस सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here