तीनै तहका सरकारबीच सहकार्य आवश्यक-उपसभामुख डा तुम्बाहाम्फे

 मोरङ, २४ चैत-संधीय संसदका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ ।

यहाँस्थित उर्लाबारी नगरकार्यपालिकाले आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले देशको आर्थिक समृद्धि र सामाजिक परिवर्तनका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अबको लक्ष्य आर्थिक उपलब्धि हासिल गर्दै समृद्ध नेपाल निर्माण गर्नुरहेको भन्नुहुँदै उपसभामुख तुम्बाहाम्फेले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उर्लाबारी नगरकार्यपालिकाका प्रमुख खड्गबहादुर फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित हुनु भएकोमा नगरकार्यपालिकाको तर्फबाट सम्मान गर्नुभएको थियो ।

तुम्बाहाम्फे उर्लाबारी नगरपालिका– ५ निवासी हुनुहुन्छ । यसअघि आज बिहान सञ्चार क्लब नेपाल उर्लाबारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उपसभामुख तुम्बाहाम्फेले संविधानले सञ्चार क्षेत्रसहित आम नेपाली जनताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वनयका लागि पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here