तीनदिने नेपाल भ्रमणमा आउँदै चिनियाँ उपप्रधानमन्त्रीको टोली

काठमाडौं,३० साउन–  जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ आज अपराह्न नेपाल आउँदै हुनुहुन्छ ।  नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चार दिवसीय औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।
उहाँले आगामी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा सँगे शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग भोली प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

बुधवार नै उपप्रधानमन्त्री याङले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नुहुनेछ । चिनीया प्रतिनिधिमण्डलको सम्मानमा उपप्रधानमन्त्री गच्छदारले दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम तय भएको छ ।
साथै उहाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगपनि भेट गर्नुहुनेछ ।
द्विपक्षीय वार्तामा चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन तथा भविष्यमा अझ प्रभावकारी ढंगले सबै सन्धि सम्झौतालाई व्यवहारमा रुपान्तरण गर्नेबारेमा विचारविमर्श हुने बताइएको छ । यसैबीच, द्विपक्षीय वार्तामा नेपालको विकाससँग सम्बन्धित मन्त्रालय, निकाय र विभागका उच्च अधिकारी सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here