तीनकुनेबाट पेप्सीकोला हुँदै करिब डेढ किलोमिटर सुरुङ मार्ग निर्माण हुने

काठमाडौं,२२ माघ-भक्तपुर हुँदै काभ्रेको धुलिखेल जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित गर्न काठमाडौंको तीनकुनेबाट पेप्सीकोला हुँदै करिब डेढ किलोमिटर सुरुङ मार्ग निर्माण हुने भएको छ। यस्तै, भक्तपुरको पलासेबाट साँगा भञ्ज्याङ हुँदै काभ्रे जोड्ने सुरुङमार्ग निर्माण पनि सँगै हुने भएको छ।

यसको सम्भाव्यताको निम्ति प्राविधिक विशेषज्ञ टोलीले काठमाडौंको तीनकुनेदेखि साँगा भञ्ज्याङसम्मको अध्ययन भ्रमण गर्ने क्रममा सो जानकारी दिइएको हो।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरका निर्वाचित प्रदेशसभाका सांसद, नगरपालिकाका प्रमुख एवं वडाअध्यक्ष तथा प्राविधिक विशेषज्ञहरुको टोलीसहित साँगास्थित कैलाशपति महादेव मन्दिर परिसरमा आयोजना गरेको छलफल कार्यक्रममा बस्नेतले भक्तपुरको साँगालाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयोः ‘धार्मिक पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्न सकिने यो क्षेत्रलाई यातायातको वैकल्पिक मार्गका रुपमा पनि सुरुङमार्ग निर्माण गर्न लागिएको हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here