काठमाडौं, ३० असार – वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ ।
बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ । सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै-थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । आजको अन्नपूर्णमा खबर छ ।

