तिर्थयात्री बोकेको बसमा आक्रमणकारीको गोलीको बर्षा ७ जनाको मृत्यु

एजेन्सी– भारत प्रशासित कश्मीरमा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी ७ जना हिन्दु तीर्थयात्रीको मृत्यु भएको छ । तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ६ महिलासहित ७ जनाको मृत्यु भएको हो ।
कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएको बीबीसीले जनाएको छ । ५६ रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन् ।

धार्मिक यात्रुमाथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले घटनाको भत्र्सना गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here