तराई मधेशको विकासका लागि विशेष प्याकेज- मन्त्री रघुविर महासेठ

धनुषा, ५ जेठ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री महासेठले मधेशमा संघीय सरकारको तर्फबाट जेठ १५ गते आउन लागेको बजेटमा विशेष कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने जानकारीसमेत गराउनुभयो ।

मन्त्री महासेठले मधेश र प्रदेश नं २ को सरकारलाई संघीय सरकारले पूर्णरुपले सहयोग गर्ने तयारी गरेको बताउँदै भन्नुभयो, “तराई मधेशसँग प्रधानमन्त्री हुनुहुन्छ, उहाँले विशेष प्याकेज ल्याउन गइरहेको छ ।

उहाँले विगतका सरकारहरुले मधेश र जनकपुरको विकासको सन्दर्भमा पूर्वाग्रह राखेको आरोप लगाउँदै भन्नुभयो, “ओली सरकारले यो साबित गरेर देखाउँछ कि मधेशप्रति कुनै किसिमको पूर्वाग्रह राखेको छैन ।” उहाँले मधेश र खासगरी जनकपुर हरेक क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो ।

संघीय सरकारले अन्य प्रदेश र शहरको तुलनामा जनकपुरलाई विशेष विकास योजना दिने तयारीमा रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here