तराईमा होली मनाइँदै..जोगीरा सररररको धमाका

काठमाडौं, ३० फागुन । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएको र भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें अग्निमा जलेर नष्ट भएको किम्बदन्तीमा होली पर्व मनाउँने गरिन्छ ।
होली पर्व एक साँस्कृति पर्वभएकाले नाचगान गर्दै तराईमा भव्यरुपमा भनाउने गरिन्छ । एकआपसमा आत्मीयता बाढ्दै अविर र रङहरुले रंगिएर होली मनाउने गरिन्छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।
फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौं उपत्यका सहित पहडी जिल्लामा भने हिजो होली मनाइँएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here