काठमाडौं,२ वैशाख । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । तराईका पाँच जिल्लामा आज सिरुवा पावनी पर्व मनाइने भएकाले ति जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा यो पर्व मनाइने गरिन्छ । विशेषतः हिलो माटो खेलेर नयाँ कृषिबाली लगाउने तयारीका लागि र रोगव्याधी हटोस् भन्ने मान्यता अनुसार यो पर्व मनाउने प्रचलन छ । पूर्वका ताजपुरिया, राजवंशीलगायत समुदायले यो पर्व मनाउने गर्दछन् ।

