तराईका जिल्लाहरुमा रक्षाबन्धन पर्व धुमधामका साथ मनाइंदै

काठमाडौं, २३ साउन–तराईका जिल्लाहरुमा आज रक्षाबन्धन पर्व धुमधामका साथ मनाइंदैछ । पर्वका अवसरमा दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै नाडीमा रक्षाबन्धन बाँधी दिने चलन छ ।

दाजुभाईले पनि दिदीबहिनीलाई गच्छे अनुसारको उपहार दिने गर्दछन् । यसैबीच सरकारले तराईका २० जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयको विज्ञप्तिमा तराईका २० जिल्लामा रक्षाबन्धन पर्व आज मनाइने भएकाले सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर, र उदयपुरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

अन्य जिल्लामा भने पञ्चाङ्ग समितिको निर्णय भन्दै गत शुक्रबार १३ गते नागपञ्चमीको दिन नै जनै फेर्ने र रक्षाबन्धन लगाइएको थियो ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रावण शुक्ल पुर्णिमाका दिन आज राति चन्द्रग्रहण लाग्ने जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here