तपश्वी बमजनविरुद्ध अर्को उजुरी

काठमाडाैँ, २ माघ । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बमजनविरुद्ध प्रहरीमा पाँचौं जाहेरी दर्ता भएको छ । सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता माझी बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो ।

 त्यहाँका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरे ।उनका अनुसार ०६६ सालमा गढीमाइ मेलामा गएदेखि उनी बेपत्ता भएको जाहेरीमा उल्लेख छ ।

बमजनको आश्रमबाट यसअघि दुई जना आनी र दुई अनुयायी पनि वेपत्ता भएको भन्दै उजुरी परेको थियो । हाल प्रहरीले बमजन रहेको भनिएको सिन्धुलीस्थित आश्रमलाई केन्द्रीत गरेर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here